रास्वपाको निर्देशन: उपहार नलिनु, ब्यानर–झण्डासहित कार्यक्रम नगर्नु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै आफ्ना सबै तहका नेताहरुलाई चाडपर्वका अवसरमा शुभकामना पत्र बाहेक अन्य कुनै पनि उपहार नलिन निर्देशन दिएको छ।

पार्टीले पूर्व सांसदहरूलाई उपलब्ध भएको रातो पासपोर्ट र सांसद परिचयपत्र यथाशीघ्र संघीय संसद् सचिवालयमा बुझाउन समेत अनुरोध गरेको छ।

जेनजीको नेतृत्वमा भएको सुशासनका लागि परिवर्तनको आन्दोलनमा ७५ जनाको ज्यान गएको दु:खद घटनाले मुलुकलाई राष्ट्रिय शोकको अवस्थामा पुर्‍याएको भन्दै यस वर्ष पार्टीको ब्यानर वा झण्डा प्रयोग गरी कुनै चाडपर्वसम्बन्धी कार्यक्रम नगर्न–नगराउन आग्रह गरिएको छ।