तुइनखोलानजिक फेरि खस्याे पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी बन्द


काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डमा तुईन खोलाको पुल नजिकै ठूलो पहिरो खसेपछि साेमबार दिउँसोदेखि दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । दिउँसो करिब १२ बजेतिर आएको पहिरोले सडक अवरुद्ध पारेको हो ।

डिभिजन कार्यालयका अनुसार अझै पनि माथिबाट पहिरो खसिरहने क्रम जारी भएकाले तत्काल डोजरलगायतका उपकरण परिचालन गर्न नसकिएको बताइएको छ । पहिरो स्थिर भएपछि मात्र तैनाथ अवस्थामा रहेका उपकरण प्रयोग गरी सडक खुलाउने काम सुरु गरिने जनाइएको छ ।

सडकमा रोकिनु परेका सवारीसाधनलाई लेन अनुशासन पालना गर्न र अत्यधिक सावधानी अपनाउन सम्बन्धित पक्षले अनुरोध गरेको छ ।