मुग्लिन–नारायणगढ सडकमा पहिरो: ३–४ घण्टाभित्र खुल्ने अनुमान


काठमाडाैँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक पहिरो खस्दा आवागमन दुईतर्फी रूपमा अस्थायी रूपमा बन्द भएको छ।

सडक डिभिजन भक्तपुरका अनुसार पहिरो झर्ने क्रम जारी रहे पनि जोखिम मूल्याङ्कन गरेर सावधानी अपनाई पहिरो पन्छाउने काम सुरू गरिएको छ। हालको अनुमानअनुसार थप पहिरो नझरे करिब ३–४ घण्टा भित्र सडक पुनः सञ्चालनमा आउन सक्नेछ।

सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र रोकिएका सवारीसाधनहरूलाई लेन अनुशासनको पालना गर्दै सावधानीपूर्वक बस्न अनुरोध गरिएको छ।