अष्टमीदेखि टीकासम्म यस्तो रहनेछ मौसम


काठमाडौँ ।

देशभर मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बडादशैंको अष्टमीदेखि टीकाको दिनसम्म भारी वर्षा हुने छैन भने कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागका अनुसार मंगलबार दिउँसो (अष्टमी) को दिन सबै प्रदेशमा साधारणतया बदली रहने भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश पहाडी भूभागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने तथा कोशी प्रदेश, र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

नवमीको दिन (बुधवार) कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ अर्थात् टीकाको दिन बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।