काठमाडौं । कानुनमा व्यवस्था नभए पनि सवारीसाधन सुविधा उपभोग गर्दै आएका पूर्वसभामुख तथा पूर्वराष्ट्रिय सभा अध्यक्षहरूले सरकारी सवारीसाधन फिर्ता गर्न थालेका छन्।
आधिकारिक जानकारीअनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूहरूले प्रयोग गर्दै आएका सवारीसाधन फिर्ता गरेको अर्थमन्त्री डा. रामेश्वर खनालले जानकारी दिए ।
पूर्वपदाधिकारीलाई सवारीसाधन सुविधा दिने कुनै कानुनी प्रावधान नभए पनि वर्षौंदेखि यस्तो अभ्यास हुँदै आएको थियो। यस विषयमा निरन्तर आलोचना हुने गरेको थियो।
सवारीसाधन फिर्ता गरेसँगै कानुनी आधारबिनाको सुविधा उपभोगको विवादमा केही समाधान आउने देखिएको छ।



प्रतिक्रिया दिनुहोस्