काठमाडौँ । नेपाल बाहिर नै बसोबास गर्ने गरि स्थायी र अस्थायी आवास अनुमति लिएर विदेशिने नेपालीको सङ्ख्या २ लाख नाघेको छ ।
अध्यागमन विभागले हालै तयार पारेको नेपालीहरूको आप्रवाससम्बन्धि तथ्याङ्कीय विश्लेषणअनुसार सन् २०२४ मा स्थायी बासिन्दा (पर्मानेन्ट रेसिडेन्स), अस्थायी बसोबास (टेम्प्रेररी रेसिडेन्स) र आश्रित (डिपेन्डेन्ट) भिसा कुल २ लाख १ हजार ५७१ व्यक्तिले देश छोडेका छन् ।
यो सङ्ख्या सन् २०२३ को तुलनामा ९.६ प्रतिशतले बढी हो । विभागको विवरणअनुसार सन् २०२३ १ लाख ८३ हजार ८७७ ले बसाइसराई प्रयोजनकै लागि नेपाल छाडेका थिए ।
विदेशमा रहेका नेपाली परिवारलाई भेट्नका लागि सन् २०२४ मा १ लाख ३१ हजार ७९६ जना नेपाली विदेश प्रस्थान गरेका थिए । सन् २०२३ को तुलनामा यो सङ्ख्या केही घटेको हो । सन् २०२३मा विदेशमा रहेका परिवारलाई भेट्न १ लाख ६७ हजार ४८५ जना नेपाली विदेश गएका थिए ।
वैदेशिक रोजगारीमा जान्छन् साढे ८ लाख
अध्यागमन विभागका अनुसार सन् सन् २०२४ मा ८ लाख ५६ हजार ४२२ जना रोजगारीका लागि प्रस्थान गरेका थिए, जुन अघिल्लो वर्षको ८ लाख ०८ हजार ४१५ भन्दा करिब ४८ हजार बढी हो ।
यो नेपालबाट विभिन्न प्रयोजनका लागि विदेशिने नेपालीको ५१.१५ प्रतिशत हिस्सा हो । सन् २०२४ मा नेपालबाट विदेश गएका नेपालीहरूको संख्या १६ लाख ७४ हजार २२५ रहेको थियो ।
वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये झन्डै ९० प्रतिशत पुरुष रहेका छन् ।
अध्ययनका लागि १ लाख १० हजार
अध्ययन प्रयोजनकै लागि सन् २०२४ मा १ लाख १९ हजार ४०९ जनाले नेपाल छाडेका छन् । सन् २०२३ मा यस प्रयोजनका लागि १ लाख ८ हजार ५४२ जना विदेशिएका थिए ।
पर्यटन/धार्मिक भ्रमण
सन् २०२४ मा सन् २०२४ मा २ लाख ७४ हजार ४२८ जनाले नेपाल छाडेका थिए । यो सङख्या सन् २०२३ को २ लाख७४ हजार ५१८ जना रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार भ्रमणका उद्देश्यले जाने नेपालीहरूले मासिक औसत २० अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । यसमा अध्ययन र धार्मिक उद्देश्यले जाने नेपालीको खर्च जोडिएको छैन ।




प्रतिक्रिया दिनुहोस्