मुग्लिन–नारायणगढ सडकखण्डमा लेदो खस्दा सडक अवरुद्ध


काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डमा लेदो खस्दा सडक अवरुद्ध भएको छ।

मंगलबार साँझ करिब ७:३० बजे तुईन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ।

डिभिजनका अनुसार पहिरो पन्छाउन आवश्यक मेसिनहरू घटनास्थलतर्फ पठाइएको छ।

हाल सडकमा रोकिएका सवारीसाधनलाई संयमता अपनाउन तथा लेन अनुशासन पालना गर्न आग्रह गरिएको छ।