काठमाडौँ । अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड ३० मिनेटभित्र सञ्चालनमा आउने भएको छ ।
तुईन खोला पुल नजिकै वर्षातका कारण माथिबाट लेदो खस्दा सडक बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
डिभिजनले तत्काल मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू गरिसकेको छ। अबको ३० मिनेटभित्र सडक सफा गरेर सवारी आवागमन सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।
सडक डिभिजन भरतपुरले रोकिएका सवारीसाधनका चालक र यात्रुलाई संयमित रहि लेन अनुशासन पालना गर्न आग्रह समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्