काठमाडाैँ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिक गन्तव्य मनकामना मन्दिर जाने मुख्य साधन मानिने मनकामना केबलकार तीन दिनका लागि बन्द हुने भएको छ।
कम्पनीका अनुसार आजदेखि असोज १७ गतेसम्म केबलकार सेवा स्थगित रहनेछ भने असोज १८ गतेदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।
धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित मनकामना मन्दिर पुग्न सजिलो बनाउनका लागि २०५५ साल मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो।
यसको सञ्चालनले हरेक वर्ष लाखौं भक्तजनलाई सहज यातायात सुविधा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्