स्याङ्जा । जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले असोज १७ गतेदेखि २० गतेसम्म गण्डकी प्रदेशसहित देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्लाबासीलाई सतर्क रहन अनुरोध गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै वर्षाका कारण नदी तथा खोलाको सतह बढ्ने, भिरालो जमिन चिरा पर्न सक्ने र पहिरो जाने सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
“सम्भावित जोखिमयुक्त स्थानका वासिन्दाले विशेषगरी रातको समयमा उच्च सतर्कता अपनाउनका साथै आवश्यक परे वैकल्पिक सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउनु पर्नेछ,”सूचनामा भनिएको छ।
त्यस्तै, सडक मार्गमा समेत वर्षाका कारण क्षति वा अवरोध पुग्न सक्ने भएकाले जरुरी नभएसम्म राति यात्रा नगर्न, यातायातका साधन सञ्चालन गर्दा सावधानी अपनाउन र प्रहरीको निर्देशनअनुसार चल्न पनि आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले विपद् व्यवस्थापनमा सहयोग पु¥याउन सरोकारवालालाई समेत जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।




प्रतिक्रिया दिनुहोस्