एसिया जिल्ला गभर्नरमा प्रताप बहादुर थापा चयन


काठमाडौँ । अप्टिमिस्ट इन्टरनेसनलको एसिया जिल्ला गभर्नर पदमा नेपालका प्रताप बहादुर थापा वर्ष २०२५–२०२६ का लागि चयन भएका छन् ।

समाजलाई निराशाबाट बाहिर निकाल्दै सकारात्मक सोचसहित अगाडि बढाउने उद्देश्यले स्थापना भएको अप्टिमिस्ट इन्टरनेसनल संस्था सन् १९१७ मा अमेरिकामा स्थापना भएको हो। यसको केन्द्रीय कार्यालय अमेरिकाको मिसौरी राज्यमा अवस्थित छ।

एसिया जिल्लामा नेपाल, भारत, बंगलादेश, जापान, थाइल्यान्ड र फिलिपिन्स गरी ६ देश रहेका छन्। अबको कार्यकालमा उक्त जिल्लाको नेतृत्व नेपालले गर्ने भएको छ।

यसैगरी, एसिया जिल्लाको महासचिव पदमा पनि नेपालकै विजय सत्याल चयन भएका छन्। सच्याल कर्पोरेट व्यवसायमा सक्रिय रहेका छन् ।