काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशभरि आगामी दिनमा हुने भारी वर्षाका कारण जलविद्युत आयोजनामा क्षति हुन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
संस्थाले आजदेखि असोज २० गते सोमबारसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै विज्ञप्ति जारी गरेको छ। उक्त अवधिमा विशेषगरी कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साना तथा ठूला नदीमा आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेको चेतावनी दिइएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजना प्रवर्द्धकहरूलाई क्षति न्यूनिकरणका लागि सतर्क रहन आग्रह गर्दै बाढी, पहिरो तथा आकस्मिक अवस्थाबारे जानकारी लिन नजिकैको स्थानीय तथा जिल्ला विपद् व्यवस्थापन संयन्त्रसँग नियमित सम्पर्कमा रहन सुझाव दिएका छन्। साथै, संस्थासँग पनि आवश्यक सहयोग र सूचना आदानप्रदानका लागि सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।




प्रतिक्रिया दिनुहोस्