काठमाडाैँ । हाल बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशका थोरै भागहरूमा गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल मौसम पूर्वानुमान विभागका अनुसार, वर्षा गराउने प्रणाली पूर्व–उत्तरपूर्व दिशा तर्फ सरिरहेको छ र उक्त क्षेत्रमा वर्षा केही समयसम्म जारी रहने सम्भावना छ।
मौसम विभागले जनाएका अनुसार बर्खायाममा हुने आकस्मिक वर्षा, चट्याङ र हल्का बाढीको जोखिमका कारण सतर्कता अपनाउन आवश्यक छ। नागरिकहरूलाई आफ्नो व्यक्तिगत सुरक्षा र सम्पत्ति सुरक्षाका लागि सचेत रहन र पछिल्लो मौसमी जानकारीको नियमित रूपमा अनुगमन गर्न अनुरोध गरिएको छ।
थप जानकारी र अपडेटका लागि: नेपाल मौसम पूर्वानुमान विभाग मा हेर्न सकिन्छ।




प्रतिक्रिया दिनुहोस्