काठमाडौँ । अविरल वर्षाका कारण सम्भावित विपद् जोखिम बढेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरको स्थानीय प्रशासन शाखाले शनिबार जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गरिएको उल्लेख छ।
सूचनामा निरन्तर वर्षासँगै विपद् जोखिम उच्च रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्