काठमाडौँ । आज बिहान करिब ११ बजे बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला र बुलढुंगामा ठूलो पहिरो खस्दा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, पहिरो हटाउने प्रयास भइरहेको छ र मार्ग खुलाउन सम्वन्धित टोली परिचालित छन्।
यातायात व्यवधानका कारण यात्रुहरूले समय र वैकल्पिक मार्गको ख्याल राख्न प्रहरीले सचेत गराएको छ।




प्रतिक्रिया दिनुहोस्