त्रिभुवन विमानस्थलको आन्तरिक उडान दिउँसो ३ बजेसम्मका लागि बन्द


काठमाडौँ ।  अविरल वर्षाका कारण काठमाडौँ विमानस्थलमा उडान सेवा शनिवार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको  छ। 

यसअघि  २ घण्टाका लागि बन्द गरिएकोमा मौसम प्रतिकूल रहेकाले थप समय उडान प्रभावित भएको हो । 

मौसम सामान्य भएसँगै पुनः नियमित उडान सुरु हुने जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले भने वर्षाको मात्र बढ्ने जनाएको छ ।