पाँचथरमा बोलेरो दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते


काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका ३, कात्तिके डाँडामा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेका ६ जना घाइतेलाई उद्धार गरी धरानस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। हालसम्म मृतकहरूको पहिचान खुलेको छैन।