काठमाडौँ । शनिवार पाँचथर जिल्लाको कुम्मायक गाउपाकिला वडा नं. ३ कार्तिकेमा भएको वोलेरो जिप दुर्घटना परेका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।
सडकबाट करिब ३०० मिटर तल खसेर भएको दुर्घटनामा परेका यात्रुहरुलाई स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेनाको वीरदल गणले उद्धार गरेको हो ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।
यसैबिच शुक्रबार बर्दिवास ११ खयरमारामा भएको बस दुर्घटनाका घाइतेहरूको नेपाली सेना गोरखनाथ गणले स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसंगको सहकार्यमा उद्धार गरी ६ जना गम्भिर घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं ल्याइएको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्