काठमाडौँ । ललितपुरको रेडियन्ट रिर्डस एकेडेमीले कुपण्डोल, सानेपा र बल्खु नदी क्षेत्र आसपास बसोबास गर्ने स्थानीयवासीका लागि विशेष व्यवस्था मिलाउने घोषणा गरेको छ।
एकेडेमीले सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म देशभरि भारी वर्षाको सम्भावना रहेको र सो क्रममा बाढीका कारण बसोबासमा समस्या परेका स्थानीयवासीहरूलाई विद्यालयले आवश्यक सुरक्षा र बसोबासको व्यवस्था मिलाउने जनाएको छ।
प्रभावित व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्