काठमाडौँ । मनसुनजन्य विपद्को समयमा यात्रुहरुलाई सेवा दिने क्रममा इन्ड्राइभ, पठाओ, याङ्गो जस्ता राइड सेरिङ सवारीले सामान्यभन्दा बढी भाडा लिएको गुनासो बढेपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चेतावनी जारी गरेको छ।
प्रशासनले सबै सेवा प्रदायकलाई यस्तो ठगी नगर्न अनुरोध गर्दै, यदि कुनै व्यक्तिले यात्रुबाट अत्यधिक भाडा लिएको पाइएमा प्रमाणसहित प्रशासन कार्यालयमा जानकारी दिन आह्वान गरेको छ।
यस किसिमको अपराध गर्ने व्यक्तिहरूमाथि कानून बमोजिम कडा कारवाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ।




प्रतिक्रिया दिनुहोस्