पृथ्वीराजमार्गकाे आँबुखैरेनीमा सडक भासिँदा आवागमन एकतर्फी


काठमाडाैँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षापछि शनिबार अपरान्ह करिब ४ बजे सडकको एक भाग भासिँदा आँबुखैरेनी–मुग्लिन खण्डमा सवारीसाधनलाई एकतर्फी मात्र सञ्चालन गरिएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार दुवैतर्फ प्रहरीले निगरानी गर्दै सुरक्षित आवागमनको व्यवस्था मिलाइएको छ । तर रातिको समयमा जोखिम बढ्ने भएकाले यात्रुहरूलाई अत्यावश्यक नभएसम्म उक्त खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ ।