काठमाडाैँ । पछिल्लो २४ घन्टामा नेपालका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।
रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५१.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
इलामको हिमाली गाउँमा ३३५.४ मिलिमिटर, रौतहटको गौरमा ३३२.६ मिलिमिटर, रौतहटको गरुडामा ३०५.२ मिलिमिटर र सिन्धुलीको हरिहरपुरगढी उपत्यकामा २९१.४ मिलिमिटर पानी परेको तथ्याङ्क प्राप्त भएको छ।
मौसम विज्ञहरूले लगातार पानी परेसँगै बाढी र पहिरोको जोखिम उच्च रहेको चेतावनी दिएका छन्। प्रभावित क्षेत्रका स्थानीयवासीहरूलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्