काठमाडाैँ । अविरल वर्षापछि आज बिहानैदेखि आन्तरिक हवाई उडान पुनः सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल रहेका गन्तव्यतर्फ उडान सञ्चालन गरिएको हो।
काठमाडौँबाट नेपालगञ्ज र भद्रपुरका लागि आज बिहान उडान भइसकेको जानकारी दिइएको छ। त्यस्तै, पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल भएकाले उडान सञ्चालनमा ल्याइएको छ। अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रुपमा चलिरहेको छ।




प्रतिक्रिया दिनुहोस्