काठमाडाैँ । देशमा हाल मनसुनी वायूको प्रभाव रहेकाले आगामी २४ घण्टामा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस अवधिमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको स्थिति रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्