काठमाडाैँ । नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजनका आज बिहान ६ बजेदेखि यो सडकखण्डमा हालसम्म कुनै अवरोध देखिएको छैन।
यद्यपि सो खण्डमा पहिरोको जोखिम कायम रहेको भन्दै यात्रुलाई विशेष सतर्कताका साथ यात्रा गर्न अनुरोध गरिएको छ। वर्षायामसँगै लगातार पहिरो खस्ने सम्भावना रहेकाले सडकमा यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी साधन चालकलाई सजग रहन डिभिजनले आग्रह गरेको हो।
नारायणगढ–मुग्लिन सडकखण्ड देशकै व्यस्त सडक मार्गमध्ये एक भएकाले यो खण्डमा सवारी साधनको चाप उच्च रहने गरेको छ। सडक डिभिजनले यातायात सहज र सुरक्षित बनाउन लगातार अनुगमन र आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्