९० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । मंगलबार नेपाल राष्ट्र बैंकले ९० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट १२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको साँवा बज राष्ट्र बैंकले कात्तिक २ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।