काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार मंगलबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ३१ लाख ३६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३२६ कम्पनीको एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्