काठमाडौं । अदालतबाट फैसला भई कैद तथा जरिवाना तिरेका फरार रहेका आठ जना कसुरदारहरुलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिति २०८२ असोज २१ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले फरार रहेका ती कसुरदारलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको हो।
फरार रहेका जसमा लागुऔषध, सार्वजनिक अपराध, काठ ओसारपसार, अंश, चोरी लगायतका मुद्दामा अदालतले फैसला गरिसकेको थियो।
पक्राउ परेका व्यक्तिहरूमध्ये स्याङ्जा बिरुवा गाउँपालिका–८ का २५ वर्षीय विवेक राना लागुऔषध मुद्दामा दुई महिनाको कैद र चार सय रुपैयाँ जरिवाना, बिरुवा गाउँपालिका–५ का अशोक कुमार भण्डारी सार्वजनिक अपराध मुद्दामा एक सय पच्चीस रुपैयाँ जरिवाना, गल्याङ नगरपालिका–९ का नरेश बहादुर राना बिना इजाजत सालको काठ ओसारपसार मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, पुतलिबजार नगरपालिका–१३ की छवि कुमारी पौडेल अंशसम्बन्धी मुद्दामा चार सय पचपन्न रुपैयाँ जरिवाना, साविक पेल्काचौर गाविस–६ का रन बहादुर भन्ने राम बहादुर गुरुङ साधारण चोरी मुद्दामा चार महिनाको कैद तोकिएको थियो।
त्यस्तै, पुतलिबजार नगरपालिका–११ की लली तिवारी अंशसम्बन्धी मुद्दामा पाँच हजार एक सय पन्ध्र रुपैयाँ जरिवाना, गल्याङ नगरपालिका–३ का लाल बहादुर कामी र लाल बहादुर सुनार नकबजनी चोरी मुद्दामा क्रमशः एक महिना १५ दिन र चार महिना १५ दिन कैद सजायँ तथा ३,७८० र ७,३१७ रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरी निरीक्षक कमल नेपालीका अनुसार अदालतबाट फैसला भएर पनि फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन प्रहरी सक्रिय रहेको छ।
प्रतिक्रिया दिनुहोस्