काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभएर आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।
दलमा विचार र आस्था राखेकै कारण अपराधि करार गर्नु गलत भएको समेत उनको भनाइ थियो ।
आज संवाद डबलीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमा बोल्दै महासचिव धामीले जेनजी आन्दोलनप्रति आफूहरूको पनि एक्येवद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसको लागि उक्साउनेलाई कारबाहीको लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताए ।
“जेनजीहरुका मागहरूमा हाम्रो पनि एक्येवद्धता थियो, ती माग पूरा गराउन हाम्रो तर्फबाट के गर्नुपर्छ तयार थियौँ र छौँ तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएका छौँ,”धामीले भने ।
जेनजी आन्दोलनको नाममा बिबादित व्यक्तिहरू सरकारमा पुगेको र उनीहरूले प्रतिरोधका आधारमा राज्यका संयन्त्र परिचालन गर्न खोजेको धामीले बताए ।
उनले जेनजी आन्दोलनले जेनजीलाई प्रधानमन्त्री बनाउँछ कि भन्ने लागेको तर नभएको बताउँदै भने, “हामीले जेनजीले नै सरकारको नेतृत्व गर्छ कि भनेर हेयौँ, मन्त्री बन्छन् कि भनेर पनि हेर्यौँ तर जेनजी पुस्ताको रगतमा बिबादित व्यक्ति कुर्सीमा पुगे र उनीहरूले प्रतिशोधन लिन राज्यका अंगको दुरुपयोग गर्न लागिरहेका छन् ।”
धामीले जेनजी अगुवा बताउँने हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ विदेशीको डलरमा नक्कली बील पेस गरेर समाजकार्य गरेको आरोप लगाउँदै आफू जस्तै निःशूल्क नागरिकका दुःखमा जुट्न चुनौती समेत दिए ।
प्रतिक्रिया दिनुहोस्