स्याङ्जा गाहाखोलाबाट अवैध बालुवा लोड गर्दै गरेको ट्याक्टर प्रहरीद्वारा नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जाकाे वालिङ नगरपालिका–१० गाहाखोला क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन र ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले आँधिखोलाको किनारबाट ग १ त ६११० नम्बरको ट्याक्टरलाई बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको जनाएको छ । अवैध रूपमा नदीजन्य पदार्थ उत्खननले स्थानीय वातावरण, सडक र नदीको स्वरूपमा नोक्सानी पुग्ने भन्दै प्रहरीले पछिल्ला दिनमा निगरानी बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन थप कारबाही अघि बढाइने जनाएको छ ।