काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ।
आज दिउँसो, कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आकाश मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशहरूमा आकाश मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहने विभागको भनाइ छ।
मौसमी विश्लेषण अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायूको प्रभाव रहेको छ। गण्डकी प्रदेशको पश्चिमी भागमा पनि यसको केही प्रभाव देखिएको विभागले जनाएको छ। बाँकी भू–भागमा भने मनसुनी वायू र स्थानीय वायूको कमजोर प्रभाव मात्र सक्रिय रहेको उल्लेख गरिएको छ।
विभागका अनुसार देशका अधिकांश स्थानमा आज मौसम सफा रहने र पहाडी क्षेत्रमा स्थानीय स्तरका हल्का वर्षा हुने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्