काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका सेयरहरू आज ९शुक्रबार०देखि बिक्रीका लागि खुला गरेको हो।
बैंकका अनुसार बिक्रीमा राखिएको सेयर संख्या भने सार्वजनिक गरिएको छैन। यो सेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौँको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर आफूले कति परिमाणको सेयर खरिद गर्न चाहेको हो भन्ने स्पष्ट उल्लेखसहितको आवेदन दिनुपर्नेछ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो अवधिभित्र कुनै पनि आवेदन नआएमा, अन्य व्यक्ति वा कम्पनीलाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्