सुरक्षा चुनौती बढेको भन्दै काठमाडौँमा र्‍याली, जुलुस र प्रदर्शन गर्न प्रतिबन्ध


काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीका कारण काठमाडौँ उपत्यकाभित्र र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ।

गृह मन्त्रालयको निर्देशनमा शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै राजधानीमा कुनै पनि प्रकारका प्रदर्शन, मोटरसाइकल र्‍याली वा भीडभाडसम्बन्धी गतिविधि गर्न रोक लगाइएको जानकारी दिएको हो।

प्रशासनका अनुसार गत भदौ २३ गते भएको जेनजी आन्दोलन र त्यसपछि देखिएका तोडफोड, आगजनी र झडपका घटनापछि काठमाडौँमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बनेको भन्दै यस्तो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ, “शान्ति सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि हाललाई कुनै पनि र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शन गर्न वा गराउन अनुमति दिइने छैन।”

प्रशासनले पूर्व स्वीकृतिबिना कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न र नगर्न आग्रह समेत गरेको छ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना :