काठमाडौँ । सरकारले निर्यातमा दिने नगद अनुदान खारेज गरेको छ । उद्योग विभागले असोज २३ गते सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१/८२ का लागि मूल्य अभिवृद्धि स्वघोषणा पेश नगर्ने व्यवस्था गरिएको जनाएको छ।
निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्वःघोषणा सहित विभागमा निवेदन दिनुपर्ने व्यवस्था रहेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ असोज ५ गते चालु आर्थिक वर्षमा थप दायित्व सृजना गर्ने गरी निवेदन लिन उपयुक्त नदेखिएको भनी उद्योग विभागमा पत्र पठाएको थियो ।
सोही पत्र बमोजिम आर्थिक वर्ष २०८१/८२ को स्वःघोषणाको विवरण उद्योग विभागमा पेस नगर्ने जनाएको हो।
प्रतिक्रिया दिनुहोस्