काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्वतारोहण क्षेत्रमा नेपालको सम्भावनालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित नेपाल पर्वतारोही संघको साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके मात्र आर्थिक समृद्धि सम्भव भएको भन्दै पर्यटनबाट रोजगारी सिर्जना र निजी क्षेत्रका लागि अवसरहरू सिर्जना गर्ने कुरामा जोड दिए ।
उनले पछिल्लो समय पर्वतारोहीको संख्यामा क्रमशः वृद्धि हुँदै गएको उल्लेख गर्दै यसलाई कायम राख्नुपर्ने चुनौती समेत रहेको बताए । पछिल्लो राजनीतिक अवस्था र प्राकृतिक विपत्तीका कारण मुलुकमा केही असहज सिर्जना पर्वतारोणमा त्यसको कुनै असर नपरेको उनको दाबी छ ।
उनले यस क्षेत्रमा निजी क्षेत्रको भुमिका बढाउनुपर्नेमा जोड दिँदै पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
पर्यटन प्रवद्र्धन गर्न र पर्वतारोहीको उद्धारका लागि बलियो राज्य संरचना आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्