काठमाडौँ । अन्तरिम सरकारका २ मन्त्री र २ सचिव विदेश भ्रमणमा जाने भएका छन् ।
सरकारले मितव्यीता अपनाउने बताइरहेका असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्री र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।
कृषि मन्त्री डा. मदन परियार पेरुको लिमामा हुने कार्यक्रममा जाने छन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिलकुमार सिन्हा स्वीट्जरल्यान्डको जेनेभामा हुने कार्यक्रममा सहभागि हुनेछन् ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माको फ्रान्स भ्रमण स्वीकृत भएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको पनि चीन भ्रमण स्वीकृत भएको छ ।
प्रतिक्रिया दिनुहोस्