काठमाडौँ । असोज १७, १८ र १९ गते परेको पानीका कारण आएको बाढी पहिरोले क्षति पुर्याएको बीपी राजमार्ग शुक्रबारबाट सञ्चालनमा आएको छ ।
काभ्रे र सिन्धुली जिल्लाभित्रका विभिन्न स्थानमा ४ किलोमिटर क्षति भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी ट्रयाक खोलेर सञ्चालनमा आएको हो ।
अहिले एकतर्फी रूपमा सञ्चालनमा आएपनि आइतबारदेखि दुईतर्फी सञ्चालनमा आउने जनाइएको छ । ५ दिनपछि बीपी राजमार्ग अस्थायीरूपमा सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्