काठमाडौँ । संघीय सरकारले रकमान्तरको सीमा कायम नहुने गरी आदेश जारी गर्ने निर्णय गरेको छ ।
भदौ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्र तोक्दै रकमान्तरको सीमा कायम नहुने गरी आदेश जारी गर्ने निर्णय गरेको हो ।
सरकारले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुननिर्माण र सर्मत संभार,क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुथन र सार्वजनिक सेवाको सुचारु गर्न,प्रतिनिधि सभाको निर्वाचन गर्न रकमान्तरमा सीमा नलाग्ने निर्णय गरेको हो ।
यस वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाको लागि पनि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएकमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्