ग्लोबल आइएमई बैंकले गर्‍यो लाभांश घोषणा


काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने जनाएको छ।

यो प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।