इजरायली सेनाले सर्वसाधारणलाई तटीय रशिद रोड र सलाह अल–दिन रोड हुँदै आवतजावत गर्न अनुमति दिएको घोषणा गरेपछि विस्थापित प्यालेस्टिनीहरू गाजापट्टीको दक्षिणी भागबाट उत्तरतिर फर्कन थालेका छन् । इजरायल र हमास बिचको युद्धविराम सम्झौता लागू भएको केही समयपछि नागरिकहरूको आवागमन शुरु भएको हो ।
जसले दुई वर्षदेखि चलिरहेको द्वन्द्वको अन्त्य ग¥यो । जसले दशौं हजार मानिसहरूको मृत्यु भएको र एन्क्लेभमा व्यापक विनाश निम्त्याएको छ । इजरायल रक्षा बलले सम्झौताका शर्तहरू र बन्दीहरूको फिर्तीको ढाँचाअनुसार आफ्ना सेनाहरू नयाँ लाइनहरूमा पुनः तैनाथ गरिएको बताएको छ ।
दक्षिणी कमान्ड अन्तर्गतका सेनाहरूले परिस्थितिको निगरानी गर्न र इजरायलको सुरक्षामा हुने कुनैपनि तत्काल खतराको जवाफ दिन जारी राख्नेछन् । गाजाका बासिन्दाहरूलाई पठाएको सन्देशमा सेनाका प्रवक्ता अविकाय अद्राईले इजरायली सेनाहरू गाजापट्टी भित्रका विशिष्ट क्षेत्रहरूमा तैनाथ रहने र अर्को सूचना नभएसम्म सैन्य स्थलहरूमा नपुग्न नागरिकहरूलाई चेतावनी दिएका छन् ।
उत्तरमा बेत हानौन, बेत लाहिया र अल–शुजाइया, साथै दक्षिणमा रफाह र फिलाडेल्फी करिडोरलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा वर्णन गर्दै नागरिकहरूलाई शतर्क गराए । आड्राईले बासिन्दाहरूलाई समुन्द्र र सीमा क्षेत्रबाट टाढा रहन आग्रह गर्दै आगामी दिनहरूमा माछा मार्ने वा पौडी खेल्नेविरुद्ध शतर्क रहन आग्रह गरे ।
स्थानीय सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले युद्धविराम लागू भएपछि गाजा पट्टीमा गोलाबारी र गोलीबारी पूर्ण रूपमा बन्द भएको बताएका छन् । महिनौंपछि पहिलो पटक गाजा शहर, मध्य क्षेत्र, खान युनिस र रफाहमा सावधानीपूर्वक शान्ती छाएको छ ।
आगामी दिनहरूमा २० जीवित वन्धक र २८ शवहरू रिहा गरिनेछ । सम्झौता अन्तर्गत इजरायली सेनाले लडाईं रोक्नेछ र गाजा पट्टीबाट आंशिक रूपमा फिर्ता हुनेछ । हमासले इजरायलले २ हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बदलामा बाँकी रहेका सबै बन्दीहरूलाई रिहा गर्नेछ ।
गाजा स्वास्थ्य अधिकारीहरूकाअनुसार दुई वर्षको इजरायली हमलाले गाजालाई भग्नावशेषमा पारेको छ । अनिकाल निम्त्याएको छ र ६७ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्