काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वसभामुख महरालाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराधको आरोपमा महरालाई पक्राउ गरेको हो । उनलाई विद्युतीय चुरोट (भेप) प्रकरणमा पक्राउ गरिएको हो ।
महरालाई पक्राउ गरिएको सिआइबीले पुष्टि गरेको छ । उनी माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् ।
२०७९ पुस १० गते चिनियाँ नागरिकले अवैधरूपमा ल्याएको २ ओटा सुटकेशभित्र ७३ बट्टामा ७ सय ३० थान ईलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । भेपभित्र सुन रहेको खुलेको थियो ।
उक्त सुनको मूल्य ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ आकलन गरिएको थियो ।
सोही भेपभित्र रहेको सुन आपराधिक समूह बनाई सङ्गठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको सिआइबीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्