काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्दछ ।
यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर (पिटुपी) मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् । यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा “स्वतन्त्रताको अधिकार” स्थापित गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार क्याम्पेनको मूल उद्देश्य “रोजाइको स्वतन्त्रता” हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ ।
इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरु मध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले भने, “हाम्रो ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ । नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो । उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरु इनड्राइभको दर्शनसँग पूर्णरूपमा मेल खान्छ ।”
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्,“इनड्राइभ सधैं समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरुलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको छ । यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरुले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन भन्ने हामी चाहन्छौँ ।”
त्यस्तै ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बेस्डरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।”
३६०ड्ढ क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेसनहरू मार्फत देशभर लागू गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्