नेप्से ४४ अंकले बढ्दा ४ अर्ब ९७ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको दोसे दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार सोमबार नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ९१ लाख ४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।

कुल ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।