लगानीकर्ताले उठाएका विषय सम्बोधन गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता,कार्ययोजनासहित काम


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले उठान गरेका विषय सम्बोधन गर्न समयसीमासहितको कार्ययोजना बनाएको बताएको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै पुँजी बजार सुधार सुझाव कार्यदलले पेश गरेको प्रतिवेदनमा उल्लेखित बोर्डसँग सम्बन्धित तीन महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयनको चरणमा गइसकेको जानकारी समेत गराएको छ ।

बोर्डले समयसीमासहितको कार्ययोजना बनाइएको र सोही सोही बमोजिम काम सम्पन्न गरिने स्पष्ट पारेको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारका लागि धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

असोज ३ गते गठित पुँजी बजार सुधार सुझाव कार्यदलले असोज ९ गते प्रतिवेदन पेश गरेको थियो । कार्यदलले पुँजीबजार सुधारका लागि चरणबद्ध गर्नुपर्ने कामको सुझाव सरकारलाई दिएको थियो ।