काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भए पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको बताएका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका सभापति देउवाले सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने,“सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।”
भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनमा सभापति देउवा र उनी पत्नी आरजु राणा देउवामाथी कुटपिट भएको थियो । २४ गते भएको कुटपिटबाट दुबै जना घाइते भएका थिए । केन्द्रीय समिति बैठकमा राणा पनि सहभागि भएकी छन् ।
सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्