काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १९.४३ अंकले घटेर २५८३.१६ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार मंगलबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६ लाख ९३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
मंगलबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र शुभम् पावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्