काठमाडाैँ । काठमाडौँको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु भएको छ । मंगलवार एक कार्यक्रमबिच कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले सो एक्स्पोको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताए ।
उनले किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवद्र्धनमा जोड दिने नीति ल्याएको पनि स्पष्ट पारे ।
सचिव शर्माले भने, “कृषि नीतिलाई समयसापेक्ष बनाएका छौं । त्यो पनि हामीले ३, ४ वर्ष लगाएर गरेका हौ । र त्यो नीतिको मूल उद्देश्य भनेको डोमेस्टिक प्रमोशन र नेशनल प्रोटेक्शनमा गएका छौं । अब कुनैपनि किसानहरुलाई हामी अनुमान मात्रै होइन, बजारमा लगेर पनि त्यसलाई राज्यले सुरक्षा दिने काम अव गर्नेछ । बाहिरको बजारबाट प्रोटेक्ट गर्न सकिएन भने त्यो अवस्थामा जति नै उत्पादन भएपनि चुनौति हुन्छ । किसान मर्कामा नै पर्दछन् । त्यसकारण अबको नीतिको मूल विशेषता भनेको त्यसैमा फोकस गरेका छौं ।”
चार दिनसम्म चल्ने मेलामा ७० वटा पुष्पका स्टलहरु रहेका छन् । ३५ हजार भन्दा बढिले अवलोकन गर्ने र यसले सो व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्