एक दशककाे औसत आर्थिक वृद्धिदर ४.१८ प्रतिशत, २०८१/८२ मा उद्योग क्षेत्रको योगदान स्थिर


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ उत्पादन(जिडिपी)मा उद्योग क्षेत्रको योगदान स्थिर देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा उद्योगको हिस्सा जिडिपीमा १२.४ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा पनि १२.४ प्रतिशत नै रहेको छ । सेवा क्षेत्रको जिडिपीमा योगदान घट्दा कृषि क्षेत्रको भने थोरै बढेको छ ।

जिडिपिमा कृषि क्षेत्रको हिस्सा ०.४ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत थियो भने २०८१/८२ मा थोरैले बढेर २५.६ प्रतिशत पुगेको छ ।

कृषि क्षेत्रको वृद्धिदर ३.२५ प्रतिशत छ भने सेवा क्षेत्रको ४.२१ र उद्योग क्षेत्रको वृद्धि दर ४.६५ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२मा आर्थिक वृद्धिदर ४.६१ रहँदा पछिल्लो दशकको औसत आर्थिक वृद्धि दर ४.१८ प्रतिशत छ ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) ले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ ।

जिडिपीमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् ।

जिडिपी साधारणतया वार्षिक रूपमा गणना गरिएको हुन्छ । नेपालमा पनि वार्षिक रूपमै गणना गरिन्छ ।

गणतान्त्रिक संविधान घाेषणा भएकाे एक दशककाे अवधिमा पनि आर्थिक आर्थिक वृद्धिदर औसत ४.१८ प्रतिशत मात्रै छ । याे दशकमा नेपालले भूकम्प, भारतीय नाकाबन्दी र काेराेना महामारी भाेगेकाे थियाे ।