काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार बुधबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ५३ लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
बुधबार समता घरेलु लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले बढेको छ ।
आज विन्धवासिनी हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड १८ लाख ३० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्