केन्याका राष्ट्रपतिद्वारा राष्ट्रिय पूर्वाधार कोष स्थापना गर्ने घोषणा


काठमाडाैँ । केन्याका राष्ट्रपति विलियम रुटोले सोमवार सडक, पानी, ऊर्जा र डिजिटल कनेक्टिभिटीमा ठूलो मात्रामा लगानी गर्न समर्पित राष्ट्रिय पूर्वाधार कोष स्थापना गर्ने योजना घोषणा गरेका छन् ।

राष्ट्रपतिले कोन्जा टेक्नोपोलिसमा पूर्वाधार र स्मार्ट सिटी विकासको पहिलो चरणको शुरुवात कार्यक्रममा यो घोषणा गरेका हुन् । उनले अर्थतन्त्रभर स्नोबल प्रभाव सिर्जना गर्न डिजाइन गरिएका प्रमुख परियोजनाहरूलाई अगाडि बढाउन सरकारको प्रतिवद्धतामा जोड दिए । 

स्मार्ट सिटीको आफ्नो भ्रमणको क्रममा रुटोले धेरै प्रमुख स्थापनाहरू पनि सञ्चालनमा ल्याएका छन् ।